नेभिगेशन
नेपाल प्रहरी

आर्थिक चलखेलले विवादमा परेकी भैंसीपाटीकी इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसियो, छानबिन सुरु

ललितपुर । उपत्यका प्रहरी कार्यालयले ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीकी इन्चार्ज इन्स्पेक्टर विनु शाहीको जिम्मेवारी खोसेको छ।

जिम्मेवारी बहन गर्ने क्रममा मुद्दा  मिलाउने भन्दै इन्स्पेक्टर शाहेले पैसा लिएको आरोपमा उनलाई तानेर अनुसन्धान थालिएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

गत जेठ २३ गते भैंसेपाटीको इन्चार्जको जिम्मेवारी सम्हालेकी इन्स्पेक्टर शाहीलाई बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । जिल्ला प्रहरी परिसर ललितपुरले इन्स्पेक्टर शाहीमाथि अनुसन्धान सुरु गरेको छ।

उपत्यका प्रहरी कार्यालयका अनुसार उक्त घटनामा इन्स्पेक्टर शाहीको दुई आफन्तको खातामा आरोपीले रकम जम्मा गरेको भेटिएको छ।

यता उपत्यका प्रहरीले यस घटना सम्बन्धमा छानबिन समिति गठन गरेर अनुसन्धान थालेको छ भने ३ जनालाई पक्राउ गरेको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्