नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट लागुऔषधसहित दुई युवतीसहित तीन पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले लागुऔषधसहित दुई युवतीसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीले आजको दैनिक बुलेटिनमार्फत ३ सय मिलिग्राम लागुऔषधसहित तीन जनालाई नेपालगन्जबाट बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीको टोलीले  नेपालगन्ज-४ मा  बस्दै आएका २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकीलाई सोही वडाबाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनासँह बाँके प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्