नेभिगेशन
विपद घटना

अपडेट: काठमाडौं उपत्यकामा बाढीमा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा परेको अविरल वर्षासँगै आएको बाढी र डुबानबाट उपत्यकामा मात्रै शनिबार दिउँसोसम्म  ३२ जनाको मृत्यु भएको छ। बाढीमा १२ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

बाढीमा काठमाडौंमामात्रै ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको काठमाडौं प्रहरीले जनाएको छ।  त्यसैगरी ललितपुरमा १६ जनाको मृत्यु भएको छ । ललितपुरमै ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा  अहिलेसम्म बाढीमा ५ जनाको मृत्यु भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

काठमाडौं ,ललितपुर र भक्तपुरमा कुल एक हजार ५३ जनालाई प्रहरीले उद्दार गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी चार हजार ५१० जना प्रहरी उपत्यकामा खटिएको उपत्यका प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्