नेभिगेशन
विपद घटना

पनौतीमा बाढी-पहिरोको बितन्डा: ५ जनाको मृत्यु,१२ जना बेपत्ता

काभ्रे । अविरल वर्षाले आएको बाढी-पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ठूलो जनधनको क्षति हुँदा ५ जनाको मृत्यु भएको छ।

काभ्रे प्रहरीका अनुसार पनौती नगरपालिकामा १७ जना बेपत्ता भएकोमा हालसम्म ५ जनाको शव फेला परेको र १२ जनाको खोजी कार्य भइरहेको छ ।

नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको छ। रोशीको बजार क्षेत्र रोशी खोलाले बगाएको छ,’ काभ्रे प्रहरीले जानकारी दिएको छ। त्यस्तौ ‘नगरपालिकाभित्र ३ सयभन्दा बढी घरमा बाढी र पहिरोका कारण क्षति पुगेको छ । पशु चौपायाको कति क्षति भयो भन्ने यकिन विवरण हालसम्म एकिन नभएको प्रहरीले जनाएको छ।

खोपासी जलविद्युत आयोजनको ड्याम क्षेत्रमा रोशी नदीको बाढीले ठूलो क्षति पुगेको छ । रोशीको माथिल्लो क्षेत्रमा रहेको खानी र क्रसरबाट बाढीसँगै बगेर आएको गेग्रानले पनौती नगरपालिका १२ मल्पीभन्दा तलको रोशी बजार पूर्णरूपमा क्षति पुगेको हो । खोपासी जदविद्युत् आयोजनाको बाँध क्षेत्रमा रहेको बजारका पक्की घरहरू नै रोशीको बाढीले तहसनहस बनाएको छ ।

त्यसैगरी नगरपालिकाका ११, १ र २ नम्बर वडामा पनि क्षति पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, नगरपालिको विपद् व्यवस्थापन टोली र स्थानीय समेत मिलेर रोशीले बगर बनाएको क्षेत्रमा खोजी र उद्धार कार्य भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्