नेभिगेशन
नेपाल प्रहरी

वडा प्रहरी नेपालगन्जले बरामद गर्‍यो एकैपटक पौने १२ लाख बढीका मोबाइल डिस्प्ले

नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित सल्यानीबाग नजिकैबाट वडा प्रहरी कार्यालयको टोलीले लाखौं रुपैयाँको अवैध सामाग्री बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपालगन्ज भित्र्याइएको  ११ लाख ८८ हजार रुपैयाँ बराबरको १ हजार ८० पिस मोबाइल डिस्प्लेलाई आज वडा प्रहरीको टोलीले नेपालगन्ज-४ सल्यानीबाग नजिकबाट बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार बरामद गरिएको सबै अवैध मोबाइल डिस्प्लेलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको छ।

हाल नेपालगन्जको वडा प्रहरी कार्यालयको प्रमुखका रुपमा इन्स्पेक्टर अरुण बम कार्यरत छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्