नेभिगेशन
नेपाल प्रहरी

भारतीय नागरिक ठुलो परिमाणको चाँदीका गहनासहित पक्राउ

पोखरा । प्रहरीले एक जना भारतीय नागरिकलाई अवैधरुपमा चाँदीका गरगहना ओसारपसार गरेको आरोपमा पक्राउ गरेको छ ।

कास्की प्रहरीले भारतको पूर्वी चम्पारण जिल्ला सुगौलीथाना १० घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्दै आएका ३५ बर्षीय चन्द्रभूषण प्रसादलाई पोखराबाट पक्राउ गरेको जनाएको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पृथ्बी राजमार्गमा पोखरा आउँदै गरेको बस चेकजाँच गर्दा उनी गहनासहित पक्राउ परेका थिए ।

उनको साथबाट बुट्टावाला पाउजु एक सय ४० थान, झल्लार पाउजु एक सय ९२ थान, सादा पाउजु एक सय २५ थान, चन्द्रमा पाँच थान, साडी पिन ११ थान, पाउजुको लक हुक चार सय ९८ थान गरी कुल पाँच किलो छ सय ९० ग्राम तयारी गहना र एक थान मोवाईल सेट बरामद भएको छ ।

सो गहनाका प्रमाण खुल्ने कुनै कागजात तथा बिलसमेत नभएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएकोको डीएसपी वसन्तकुमार शर्माले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्