नेभिगेशन
नेपाल प्रहरी

गैरकानुनी रुपले नेपाल बस्दै आएका १५ जना बंगलादेशी पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी तरिकाले नेपालमा बस्दै आएका १५ जना बंगलदेशीलाई पक्राउ गरेको छ।

भिसा मिति सकिएपनि गैरकानुनी रुपले बसिरहेका १५ जना बंगलादेशी नागरिकलाई सोह्रखुट्टे र ठमेलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार गैरकानुनी रुपले बस्दै आउँदा उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको विशेष सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालय पक्राउ परेका सबै बंगलादेशी नागरिकलाई आबश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको एसपी आचार्यले जानकारी दिएका छन् ।

पक्राउ पर्नेको सूची-

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्