नेभिगेशन
नेपाल प्रहरी

दाङमा १६ वर्षीया किशोरलाई बलात्कार गरेको आरोपमा अनिल पक्राउ

लमही । दाङमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लास्थित गढवा गाउँपालिका-२ का २५ वर्षीय अनिल विश्वकर्मालाई बलात्कारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका अनिलले ती किशोरीलाई आबश्यक काम छ भनेर घरमै बोलाएर जबरजस्ती बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख गरिएको छ।

घटनाबारे थप अनुसन्धान सुरु गरिरहेको प्रहरीले आज अनिललाई म्याद थपका लागि जिल्ला अदालत घोराही उपस्थित गराउने जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्