नेभिगेशन
नेपाल प्रहरी

घोराहीबाट ब्राउन सुगरसहित दुई जना होटेल सञ्चालक पक्राउ

दाङ दाङको घोराहीबाट ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना होटेल सञ्चालक पनि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दाङ प्रहरीका अनुसार पक्राउ पर्ने दुबै जना रोल्पा घर हाल घोराहीमा होटेल सञ्चालन गर्दै आएकाहरु हुन् । प्रहरीले दिएको जानकारी अनुसार एक जना थवाङ गाउँपालिका – १ घर भइ हाल दाङको घोराही उपमहागनरपालिका – १४ नयाँ बासपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ बर्षीय किशोर सुनार छन् ।

त्यस्तै रोल्पा घर भएका र हाल दाङको घोराही – १४ बसापार्क क्षेत्रमा ‘न्यू कोशेली खाजा घर’ सञ्चालन गर्दैै आएकी ४७ बर्षीया मिना घर्ती मगर हुन् । जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाका अनुसार घोराही – १० जलौराका २० बर्षीय आकाश बुढापनि पक्राउ परेका छन् ।

डिएसपी थापाका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो ।

गोप्य सूचनाका आधारमा सुनार, मगरलाई  र बुढालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्