नेभिगेशन
सुरक्षा अपडेट

दाउन्नेमा पुनः सडक भासियो, एकतर्फी संचालनमा

रबिन्द्र यादव (पश्चिम नवलपरासी)। पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात पुनः एकतर्फी सञ्चालनमा आएको छ। 

जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४ दाउन्नेस्थित खोर्सानी खोलामा सडक भासिएपछि पुर्व-पश्चिम यातायात अवरुद्ध भएको थियो ।

सडकको मर्मतपछि आज बिहान ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको उनले बताए । यद्यपि सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सडक सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्