नेभिगेशन
नेपाल प्रहरी

नेपाली एक हजारका नक्कली नोटसहित दुई जना पक्राउ

रौतहट रौतहट प्रहरीले १ हजार रुपैयाँका नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

 जिल्लास्थित चन्द्रपुर नगरपालिका १० स्थित सडकबाट नेपाली १ हजार दरका ४७ थान नक्कली नोटसहित  गढीमाई नगरपालिका ५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्यायलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । 

प्रहरीले यस घटनामा थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्