नेभिगेशन
सुरक्षा विशेष

तत्कालै राहत सामग्री उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गृहमन्त्री लेखकले ललितपुर जिल्लास्थित बाढी पहिरो प्रभावित गोदावरी, देवीचौर, टिकाभैरव लगायत विभिन्न क्षेत्रको निरीक्षण गरेका हुन् । 

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीहरूको विवरण पठाउन निर्देशन दिए ।

उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए । 

सरकारले बाढी पहिरो समस्यालाई गम्भीर रूपमा लिएको भन्दै उनले सकेसम्म छिटो उद्धार, राहत सामग्री वितरण, नागरिकको जनजीवन सहज बनाउने लगायत बसोबास व्यवस्थापनको लागि सरकार लागिपरेको बताए । विपद्मा सबै एकाकार भएर काम गर्नुपर्ने बताए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्