नेभिगेशन
सुरक्षा अपडेट

नेपालगन्जमा अखाद्य मिठाई बेच्ने ५ वटा पसल परे कारबाहीमा, ५५ हजार जरिवाना

नेपालगन्ज । नेपालगन्जमा मिठाई पसललाई ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

संयुक्त बजार अनुगमन समितिले बजारका विभिन्न मिठाई पसलको अनुगमन गर्ने क्रममा अखाद्य मिठाई बेच्ने ५ वटा पसललाई जरिवाना गरेको हो। 

अमन स्वीट पसललाई २० हजार, खुसी मिठाई पसल, फेमस हलुवा परोठा र नेपालगन्ज मिष्ठान्न पसललाई १०/१० हजार तथा माँ बागेश्वरी मिठाई पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए । त्यसक्रमा १६ हजार ७ सय मूल्य बराबरकाे मिठाई पनि नष्ट गरिएको खत्रीले बताए । 

चाडबाडको बेला अखाद्य मिठाईको विक्री वितरण भइरहेको भन्ने जनगुनासो तथा नियमित अनुगमनका क्रममा सामान्य कैफियत देखिएका पसललाई सचेत समेत बनाइएको खत्रीको भनाई छ ।

अनुगमन टोलीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोली थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्