नेभिगेशन
विपद घटना

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २४६ पुग्यो

काठमाडौं । असोज १० गतेदेखि १२ सम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । 

नेपाल प्रहरीका अनुसार अहिलेसम्म २ सय ४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् ।

मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्