नेभिगेशन
अदालत

कांग्रेस महाधिवेशन प्रतिनिधि वीरबहादुर तामाङ धरौटीमा रिहा

रामेछाप  । जिल्ला अदालत रामेछापले नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि वीर बहादुर तामाङ धरौटीमा रिहा गरेको छ।

५ जेठमा खाँडादेवी गाउँपालिका–७ स्थित गाल्वामा आयोजित जनजातिहरूको जिल्ला अधिवेशनमा झडप भएको विषयमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । रामेछाप जिल्ला अदालतले मागेको ३ लाख २५ हजार धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

जनजातिहरूको जिल्ला अधिवेशनमा जित बहादुर मगर र वीर बहादुर तामाङ समूहबिच झडप भएको हो । झडपमा संलग्न बागमती प्रदेश समिति सदस्य जित बहादुर मगर र नेविसंघका केन्द्रीय सदस्य चन्द्र बहादुर थापालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । जित बहादुर समूहका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं र जिल्ला उपसभापति नवराज थोकरसहित ६ जना अझै फरार छन् ।

झडपपछि दुवै समूहले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्