चन्द्रौटा । बडा दशैंको घटस्थापना सुरु भएयता लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले ४८ लाख रुपैयाँ बढीको अवैध सामाग्री बरामद गरेको छ।
प्रदेशभरका विभिन्न जिल्लाबाट सशस्त्र प्रहरीले १ हप्ताको अवधिमा ४८ लाख ४६ हजार ४६४ रुपैयाँ बराबरका विभिन्न किसिमका अवैध सामाग्री बरामद गर्दै सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासिनी बाहिनी चन्द्रौटाका सूचना अधिकारी एसएसपी कमलप्रसाद तिउसीनाले जानकारी दिएका छन् ।
त्यस्तै मंगलबार साँझ पनि पाल्पास्थित सशस्त्र प्रहरी बल नं३५ गुल्मले बुटवलबाट स्याङ्जा जाँदै गरेको १ सय बोरा अवैध चिनी बोकेको लु१ ख ७०५६ नम्बरको ट्रकसहित चाललाई पाल्पाको तानसेन नगरपालिका-१ ध्रुवघाटबाट नियन्त्रणमा लिएर आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए।
यसैगरी सशस्त्र प्रहरीले प्रदेशभरका सीमाका दशगजा क्षेत्रमा २१ पटक भारतीय सीमा सुरक्षा बल (एसएसपी) सँग संयुक्त गस्ती गर्द यस अवधिमा १ सय ४ पटक सशस्त्र प्रहरीको टोलीले मात्रै सीआ स्तम्भहरुको अवलोकन गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले प्रदेशभरका ४२ स्थानका मन्दिर,बाटो, दशगजा र सार्वजनिक स्थलहरुको सरसफाइ गरेको छ भने विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गर्दै मनोरञ्जनका लागि १५ स्थानआ पिङ निर्माण गरेको एसएसपी तिउसीनले बताए।
विषेश गरेर सीमा नाकासँग जोडिएका १५ स्थानहरुमा सशस्त्र प्रहरीले लागुऔषधविरुद्ध, विपद,सीमा अपराध,दुर्घटना लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम गरिसकेको छ।
एसएसपी तिउसीनाकाका अनुसार प्रदेशभरका १२ जिल्लामै सशस्त्र प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार गर्दै आमनागरिकको शान्तिसुरक्षा र नेपाल भारतका सीमा नाकाबाट हुने अवैध चोरी निकासी र अपराधिक गतिविधिलाई नियन्त्रण गर्न विन्ध्यावासिनी बाहिनीले टोली परिचालन गरिसकेको छ।