नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरमा हत्या गरिएका चन्द्रबहादुरको टाउको सेफ्टि ट्याङकीमा भेटियो

कोहलपुर । बाँकेको कोहलपुर-८ हवल्दारपुरमा टाउको काटिएको अवस्थामा भेटिएको ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको सेफ्टि ट्याङकी भित्र फेला परेको छ ।

आज  घटनास्थल भन्दा झन्डै ६ सय मिटर टाढा अनिता परियारको घरको सेफ्टि ट्याङकी भित्र चन्द्रबहादुरको टाउको प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको १५ जनाको टोलीले आज बिहान शंका लागेर अनिताको घर बाहिरको ढकनी लगाइ राखेको सेफ्टि ट्याङकी भित्र प्रबेश गरी तलासी गर्दा चन्द्रबहादुरको टाउको र खुर्पा फेला परेको हो ।

प्रहरीका अनुसार चन्द्रबहादुरको हत्यामा संलग्नताको आशंका गरिएका ब्यक्ति रोल्पा घर भएका अन्दाजी २७ बर्षीय अनिल परियार हुन । उनी पछिल्लो केही समय बहिनी नाता पर्ने अनिताकै घरमा बस्दै आएका थिए ।

हत्या आरोपी अनिलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्