काठमाडौं । ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित विभिन्न जिल्लाका सीडीओ फेरिएका छन् ।
गृह मन्त्रालयले आज ललितपुरको सीडीओमारमेश ढकालको सरुवा गरेको छ भने भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ ।
तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन्।
गृहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई रुपन्देहीको सीडीओमा सरुवा गरेको छ। गणेश अर्याल पर्सा, लाल बहादुर कवारी महोत्तरी, शशीधर घिमिरे बारा, तोयानारायण सुवेदी पाल्पा, शिवराम गेलाललाई गृह मन्त्रालयले दोलखाको सीडीओमा सरुवा गरेको छ ।
धनकुटामा टुकराज पोखरेल, पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्भी, भोला दाहालको सप्तरी, दीर्घराज उपाध्यायको बैतडी, मेख बहादुर मग्रातीको जाजरकोट, नेत्र प्रसाद शर्माको ताप्लेजुङ, मोहनराज जोशीको डोटी र विनादे खड्काको संखुवासभा सरुवा भएको छ ।