नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

सेनाको आक्रमणमा तीन पत्रकार मारिए

काठमाडौँ । लेबनानमा इजरायली सेनाले हिजबुल्लाहसँगको आक्रमण बढाएको छ । स्थानीय टिभी च्यानल अल-जादेदका अनुसार शुक्रबार राति इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरका विभिन्न क्षेत्रमा आठ वटा हवाई आक्रमण गरेका थिए । 

बिहीबार राति इजरायली सेनाले दक्षिणी बेरुतको दहेहका विभिन्न क्षेत्रमा तीन वटा हवाई आक्रमण गरेको थियो । बुधवार राति इजरायली हवाई आक्रमणले बेरुतको जना जिल्लाको एउटा अपार्टमेन्टलाई लक्षित गरी आक्रमण गरेको थियो। 

साथै दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ । हसबायाको एउटा होटलमा आक्रमण हुँदा तीन जना पत्रकार मारिएका हुन् । जहाँ सात वटा विभिन्न मिडिया आउटलेटका १८ जना पत्रकारहरू बसिरहेका थिए । 

मारिनेहरू मध्ये दुई जना अल-मायादीन टिभीका थिए भने तेस्रो हिज्बुल्लाहद्वारा सञ्चालित अल-मनार टिभीका क्यामेरा म्यान थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्