नेभिगेशन
सशस्त्र प्रहरी

दाङ प्रहरीको हिरासतमा मृत भेटिए सशस्त्र प्रहरी जवान

घोराही । दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई सशस्त्र प्रहरी मध्ये एक सशस्त्र प्रहरी जिल्ला प्रहरी  दाङको हिरासतमै मृत फेला परेका छन् ।

प्यूठानको वडडाँडा घर भइ दाङको भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर आज बिहान घोराहीस्थित वडा प्रहरी कार्यालयको शौचालयमा ५ बजेतिर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।

मगर आफ्नै गञ्जी र टिर्सटको पासो लगाएर सौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

उनी र सहायक हवल्दार भरत रोका मगर बलात्कारको आरोपमा कात्तिक ७ गते पक्राउ परेका थिए । असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै दसैंको समयमा हालेको पिङ खेल्न गएका मध्य स्थानीय एक जना ८ बर्षीया र अर्की १४ बर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी आँफैले उनीहरुलाई पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।

दुई बालिकामाथि अपरिचित ब्यक्तिहरुले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले घटना अनुसन्धानका लागि प्रहरीमा उजुुरी दिएका थिए ।

उक्त घटनाको जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्