नेभिगेशन
नेपाल प्रहरी

किरण राणा र डा. सुन्दरले पाए एआईजीको दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीको एआईजीमा बढुवा भएका दुई जनाले दर्ज्यानी चिन्ह लगाएका छन्। 

मन्त्रिपरिषदको निर्णयबाट एआईजी पदमा बढुवा भएका किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई मंगलबार साँझ प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख राणा र प्रहरी अस्पतालका डा. सुन्दरलाई कार्तिक ४ गते बढुवा समितिले एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो।

एआईजी राणा कार्तिक १५ मा उमेरहदका कारण अनिवार्य अवकाश हुँदैछिन् भने डा. सुन्दर प्रहरी अस्पतालको प्रमुख भएका छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्