नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका दुई डीआईजी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
      
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
      
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल हुन् । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् । 
      
बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्