नेभिगेशन
नेपाल प्रहरी

बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

कपिलवस्तु । प्रहरीले कपिलवस्तुबाट बलात्कार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ  गरेको छ।

जिल्ला प्रहरी कपिलवस्तुका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीमा कपिलवस्तु नगरपालिका-१० पचेहराका ३८ वर्षीय त्रियुगी केवट हुन्  । 

केवटलाई जिल्ला अदालत कपिलवस्तुले बलात्कार मुद्दामा  २५ असोज २०८० मा ७ वर्ष कैद सजाय सुनाएको थियो । कैद सजाय पाएर फरार रहेका केवटलाई पचेहराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पक्राउ परेका केवटलाई कैद भुक्तानका लागि कपिलवस्तु कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्