नेभिगेशन
इन्टरपोल

५ करोड ठगी गरेर फरार भएकी महिला प्रतिवादीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याईयो

काठमाडौं । करोडौं रुपैयाँ ठगी गरेर फरार रहेकी एक प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको छ।

वैदेशिक रोजगारी ठगी लगायतका मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएकी सिन्धुपाल्चोक मांखाकी बिनु शाक्यलाई एनसिबी कम्बोडियाको सहयोगमा पक्राउ गरी  नेपाल  ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिनुले ४० जना बढीसँग सिंगापुर पठाइदिने भन्दै ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरि फरार भई खोजतलास गर्दा कम्बोडिया रहेको खुल्न आएपछि नेपाल प्रहरीले गत २०८० माघ १९ गते  इन्टरपोलसँग सहयोग माग्दा इन्टरपोलले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।

बिनुसँगै फरार भएका उदयपुर त्रियुगा नगरपालिका-१० का सुजन आचार्यलाई असोज १ गते कम्बोडियाबाट पक्राउ गरेर कात्तिक ९ गते नेपाल ल्याइएको थियो भने बिनुलाई आइतबार नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ। 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्