नेभिगेशन
ट्राफिक प्रहरी

दशैं-तिहारको अवधिमा बाँकेमा २२४ चालक मापसे कारबाहीमा, ६ जनाको दुर्घटनामा मृत्यु

नेपालगन्ज । बाँके जिल्लाभर दशैंको घटस्थापानदेखि तिहारको अवधिभरमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने  १६ जना घाइते भएका छन् ।

घटस्थापनाका दिनदेखि तिहारसम्ममा बाँके जिल्लाभर भएका दुर्घटना ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख इन्स्पेक्टर पुष्कर पन्तले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरी  प्रमुख पन्तका अनुसार जिल्लाभरका १० वटा दुर्घटनामा ५ पुरुष र ३ महिला गरी ८ जना गम्भीर घाइते हुँदा ८ जना सामान्य घाइते भएका छन् । जसमा तीन जना  पुरुष,  २ महिला, २ जना बालक र एक बालिका रहेका छन् ।

त्यस्तै उक्त अवधिमा बाँके ट्राफिकले नियम उल्लंघन गर्ने २७ सय ७ सवारीसाधनलाई कारबाही गर्दै २४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रमुख पन्तले बताए । जस अन्तर्गत ट्राफिक प्रहरीले २२४ सवारी चालकलाई मापसे कारबाही गर्दै १ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो।

ट्राफिक प्रहरीले जिल्लाभरमा २२८ पटक दिएको सचेतना कक्षामा १० हजार ३८० जना सहभागी भएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्