नेभिगेशन
सशस्त्र प्रहरी

पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं  पाँच किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

मंगलबार साँझ एयर अरेबियाको जहाजबाट काठमाडौं अवतरण गरेका एक चिनियाँ र दुई जना म्यानमारका नागरिकलाई सशस्त्र प्रहरी बल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जना विदेशीसहित बरामद गरिएको पाँच किलो ७ सय ग्राम सुनलाई आबश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमान भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्