नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

कसले दियो शाहरुख खानलाई ज्यान मार्ने धम्की?

काठमाडौँ । बलिउडका चर्चित अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ।मोबाइलमा धम्की आएपछि शाहरुखको टिमले उजुरी दर्ता गरेको छ ।

मुम्बई पुलिसले उजुरी पाउना साथ उक्त घटनाको अनुसन्धान थालेको छ । भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार अज्ञात धम्कीविरद्ध उजुरी दर्ता भएको हो । 

जुन नम्बरबाट धम्की आएको छ उक्त नम्बर छत्तीसगढका फैजान नाम गरेका व्यक्तिको नाममा दर्ता भएको छ । नम्बर पछ्याउँदै मुम्बई पुलिस रायपुर पुगेको छ । 

उक्त धम्कीसँगै शाहरुखको घर मन्नत बाहिर सुरक्षाकर्मी बढाइएको छ । यसअघि सन् २०२३ मा पनि शाहरुखलाई धम्की आएको थियो । त्यसपछि सुरक्षा बढाइएको थियो । 

फोन गर्नेले यदि ५० लाख रुपैयाँ नदिने हो भने मारिदिने धम्की दिएको छ । फोन गर्नेलाई नाम सोध्दा भनेको छ, ‘मेरो लागि यसले कुनै फरक पार्दैैन, मेरो नाम हिन्दूस्तानी हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्