नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीद्वारा १ सय १२ बोरा अवैध चिनी बरामद, तस्कर र सशस्त्रबीच झडप

रुपन्देही । सशस्त्र प्रहरीले रुपन्देहीबाट १ सय १२ बोरा अवैध चिनी बरामद गरेको छ।

रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट बिहीबार साँझ  सशस्त्र प्रहरीसहितको राजश्व अनुसन्धानको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको हो सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल  राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान  बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धन कार्यालय बुटवलमा बुझाईएको थियो।

उक्त भिडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाईते हुनुकोसाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षती पुगेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्