नेभिगेशन
नेपाल प्रहरी

अमेरिकी डलर साट्ने नाममा ठगी गर्ने गिरोहका दुई जना पक्राउ

काभ्रे । काभ्रेपलञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १० स्थित सेतीदेवी मन्दिरको जंगलमा अमेरिकी डलर सटही गर्ने भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । 
 
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ का २० वर्षीय दिपक तामाङ र ३० वर्षीय ज्वाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 
 
उनीहरुले दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी १७ वर्षीय सुस्मित महतलाई विगत २र३ दिन अगाडिदेखि अमेरिकन डलर साट्ने भन्दै नियमित रुपमा फोन गरी बोलाउने गरेका थिए । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
 
उनीहरुले ५० अमेरिकन डलरको ५ वटा नोट छेउँछेउँमा राखी बीचमा उक्त डलर आकारको कागजको टुक्रा काटेर कागज डलरको बीचमा राखेको १ बन्डल जम्मा डलर २५० प्रहरीले बरामद गरेको छ । 

त्यस्तै २ थान मोबाइ र बा. प्र. ०२–०३५ प ८००२ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिइएको छ । 
 
पक्राउ परेका दुई जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदातलतबाट ५ दिनको म्याद थप गरेर ठगी सम्बन्धी कसूरको उद्योग गर्न नहुने मुद्धा शीर्षकमा अनुसन्धान कार्य भैरहेको इप्रका बनेपाले जनाएको छ । 
 
यसरी कोही ठगीमा परेको भए सनाखतको लागि ईलाका प्रहरी कार्यालय बनेपामा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्