नेभिगेशन
सुरक्षा विशेष

पशुपति सेभिङका सञ्चालकहरुले ५७ करोड ठगेको भन्दै सीआईबीमा जाहेरी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा  पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले जाहेरी दर्ता गराइरहेका छन् ।

 ललितपुरस्थित  मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबी श्रोतले जानकारी दिएको छ।

२६७ जना बचतकर्ताहरुले आफ्नो बचत फिर्ता नपाएको भन्दै पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता गराएका छन् । अहिलेसम्मको अनुसन्धानबाट सीबी लामा सहितका सञ्चालकहरूले ५७ करोड रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको सीआईबी श्रोतले बतायो ।

पशुपति सेभिङका ५४ जना बचतकर्ताले  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा निवेदन दिएका छन् । अझै जाहेरी आउने क्रम जारी रहेको सीआईबीले जानकारी दिएको छ। । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्