नेभिगेशन
अदालत

सहकारी ठगी: काठमाडौं अदालतबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो।

आज  काठमाडौं अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजालसले पूर्व गृहमन्त्री लामिछाने र पूर्वडीआइजी जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जीबी राई अध्यक्ष रहेको यस सहकारीविरुद्ध ६४५ जनाले उजुरी दिएका छन् ।

वर्तमान समयमा पूर्व गृहमन्त्री  लामिछाने जिल्ला प्रहरी कास्कीको हिरासतमा छन् । लामिछानेसँगै हिरासतमा रहेका पूर्वडीआईजी जोशीमाथि  पनि सुर्यदर्शन सहकारीको बचत रकम अपचलनमा अनुसन्धान भइरहेको छ।

लामिछानेलाई केहीदिन अघिमात्र बुटवलको सुप्रिम सहकारीको पनि अनुसन्धानका लागि बुटवल पुर्‍याएर बयान समेत लिएर पोखरा ल्याइसकिएको छ। लामिछानेविरुद्द रुपन्देही अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्