नेभिगेशन
नेपाल प्रहरी

बन्धक बनाएर जबरजस्ती चेक काट्न लगाएर पैसा लुट्ने गिरोहका ४ जना पक्राउ

काठमाडौं ।  बन्धक बनाएर कुटपिट गर्दै जबरजस्ती बैंकको चेक काट्न लगाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित माछापोखरीबाट असोज ६ गते योजनाबद्द तरिकाले केही व्यक्तिलाई जबरजस्ती ट्याक्सीमा राखी बुढानिलकण्ठको  नारायणस्थानमा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाएर कुटपिट गरि  जबरजस्ती कुमारी बैंकको चेक काट्न लगाएर डरत्रास देखाउदै रकम माग गरेको आरोपमा काठमाडौं अपराध अनुसन्धान कार्यालयले ४ जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा कात्तिक ३० गते अपहरणमा संलग्न गोसाइँकुण्ड-१ थुमन घर भएर हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्दै आएका ३१ वर्षीय

बुद्धिबहादुर तामाङ, गोसाइँकुण्ड-५ भार्खु स्थायी ठेगाना भएर हाल काठमाडौं-१६ बस्ने ३८ वर्षीय नुर्पु सिंगी तामाङ, गोसाइँकुण्ड-१, थुमन घर भई हाल काठमाडौं-१६ बस्ने ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवास्थित कालिका-१ राम्रो घर भएर हाल काठमाडौं-१६ बस्ने ४८ वर्षीय गोपाल तामाङलाई पक्राउ गरेको एसपी आचार्यले बताए।

पक्राउ परेका चार जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरि  अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको एसपी आचार्यले जानकारी दिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

                                                                                                                         

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्