नेभिगेशन
सुरक्षा अपडेट

यात्रुवाहक बसको ठक्करबाट किशोरीको मृत्यु भएपछि स्थानीयले लगाए बसमा आगो

इटहरी । इटहरीको खनारमा यात्रुवाहक बसको ठक्करबाट ९ कक्षामा पढ्ने किशोरीको मृत्यु भएपछि स्थानीय बसमा आगो लगाएका छन् ।

कोशी राजमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका-१३ स्थित खनारमा 
इटहरीबाट विराटनगर जाँदै  गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको यात्रुवाहक बसले ठक्कर दिँदा इटहरीकै जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना यादवको मृत्यु भएको थियो ।

आक्रोशित स्थानीयले दुर्घटना लगत्तै भाग्न लागेको बसलाई आगो लगाएका हुन् । स्थानीयले गरेको आगजनीमा उक्त यात्रुवाहक बस पूर्णरुपले ध्वस्त भएको सुनसरी प्रहरीले जनाएको छ।  

दुर्घटना पश्चात्  खनार क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले स्थानीयबाट हुन सक्ने आक्रमणको मध्ये नजर गर्दै तत्काल बस चालकलाई नियन्त्रणमा लिएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्