नेभिगेशन
नेपाल प्रहरी

नक्कली फेसबुक बनाएर केटीहरुबाट पौने २८ लाख ठगी गर्ने गुरुङ पक्राउ

काठमाडौं । नक्कली फेसबुक लगायत सामाजिक सञ्जाल बनाएर उक्त आइडीबाट केटी साथी बनाएर विदेश लैजान्छु भन्दै साढे २७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नक्कली फेसबुक बनाएर लाखौं रुपैयाँ ठगी गर्ने तनहुँको आँबुखैरेनी गाउपालिका- ५ घर भई हाल  काठमाण्डौंस्थित चन्द्रागिरी नगरपालिका- ७ हाईभिजिन कोलोनी बस्दै आएका रुद्र बहादुर गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

नक्कली फेसबुकबाट विभिन्न केटीहरुलाई आफू फ्रान्स, सिंगापुरको लाहुरे भएको र तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु भन्दै सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्ने हुँदा त्यस बापत पटकपटक गरी २७ लाख ८३ हजार २ सय रुपैयाँ लगेर फरार भएको उजुरी आए अपराध अनुसन्धान कार्यालयको टोलीले गुरुङलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार गुरुङले विदेश जानका लागि आबश्यक कागजात चाहिने भन्दै काठमाण्डौं, चितवनका बिभिन्न स्थानमा आफ्नो हुलिया परिवर्तन गरी केटीलाई भेट्न बोलाई चेक तथा नगद गरी १६ लाख ८३ हजार ६०० रुपैयाँका साथै बिभिन्न व्यक्तिहरूको नाममा रहेका २६ वटा ई-सेवा वालेटहरुमा पटकपटक १० लाख ९९ हजार ६ सय रुपैयाँ  गरिगरी २७ हजार ८३ हजार २ सय रुपैयाँ ठगी  गरेका थिए।

अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको विशेष अपरेशनबाट गुरुङलाई काठमाडौंबाट पक्राउ गरि आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्