नेभिगेशन
अदालत

सहकारी ठगी प्रकरण: पूर्वडीआईजी जोशीलाई काठमाडौं पठाउने तयारी

पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं पठाउने तयारी भएको छ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कास्कीले जोशीलाई काठमाडौं पठाउन लागेको हो।

जिल्ला अदालत काठमाडौंले उनीसँगै पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जोशीको काठमाडौंमा बयान सकिएपछी मात्रै लामिछानेलाई काठमाडौं पठाइने कास्की प्रहरीले जनाएको छ।

यसअघि पनि जोशीसहित लामिछानेलाई रुपन्देहीमा लगेर बयान गराइएको थियो।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्