नेभिगेशन
नेपाल प्रहरी

थप अनुसन्धान गर्न दुर्गा प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाइयो (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि प्रहरीको साइबर ब्यूरो भोटाहिटी पठाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सोमबार मात्रै प्रसाईंले  कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै एक भिडियोसमेत सार्वजनिक गरेका थिए।

उक्त भिडियोमा प्रयोग गरिएको सामग्री नक्कली रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछी प्रधानमन्त्रीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा आज सीआईबीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको थियो।

पक्राउ परेका प्रसाईंलाई सबैभन्दा पहिला वीर अस्पतालमा लगेर स्वास्थ्य जाँच गराएर साइबर अपराधमा अनुसन्धान गर्न सीआईबीले उनलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ।

प्रसाईं यसअघि पनि कात्तिक ६ गते पक्राउ परेर ९ दिन हिरासतमा बसेर १ लाख रुपैयाँ धरौटी बुझाएर छटेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्