नेभिगेशन
अदालत

प्रदेश सांसद अधिकारीलाई थप ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति

काठमाडौं । जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी सरकारका निवर्तमान आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन प्रहरी हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

आज जिल्ला अदालत काठमाडौंले निवर्तमान मन्त्री अधिकारीको थप ५ दिन म्याद थप्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई थप अनुसन्धान गर्न आदेश दिएको हो। उनीसँगै ९ जनालाई ५ दिन म्याद थप गरिएको हो।

प्रदेश सांसद अधिकारीलाई गत कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्