नेभिगेशन
अदालत

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौँ । मंगलबार साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै छ । 

भक्तपुरको कमेरोटारस्थित आफ्नै निजी निवासबाट पक्राउ परेका प्रसाईंलाई आज  म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।

मंगलबार उनको स्वास्थ्य परिक्षण गरिएको थियो । प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध कीर्तेलगायत अन्य कसूरमा पनि अनुसन्धान हुने बताइएको छ ।

प्रसाईंमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए । साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । प्रसाईं  सो मुद्धामा १  लाख रुपैयाँ धरौटी बुझाएर ९ दिन प्रहरी हिरासतमा बसेर छुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्