नेभिगेशन
भ्रष्टाचार

अख्तियारले शैक्षिक प्रमाणपत्र मागेपछि गाउँपालिकाका प्राविधिक सम्पर्कविहीन

तुलसीपुर  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र मागेपछि दाङको दंगीशरण गाउँपालिका- ६ का भौतिक पूर्वाधार तर्फका करार सेवाका प्राबिधिक रामबहादुर केसी सम्पर्कविहीन भएका छन् ।

अख्तियरले शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे लगत्तै  अढाइ महिना लामो समयदेखि सम्पर्कविहीन भएका केसीले यसअघि प्रयोग गर्दै आएका ३ वटै मोवाइल फोनहरुसमेत स्वीच अफ भएका छ्न ।

उनले सरकारबाट मासिक ३० हजारसम्म तलब सुविधा बुझ्दै आएका थिए । उनले साउन महिनासम्म तलब बुझेका थिए ।

कुनै सूचना वा जानकारी बिना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेपछि वडा कार्यालयले गाउँपालिका प्रशासन शाखामा कात्तिक ७ गते पत्रचार गरि त्यसबारे अबगत गराएको थियो ।

वडा कार्यालयले आफ्ना प्राबिधिक  केसी भदौ १६ गतेदेखि कार्यालय नआएको भन्दै पत्रचार गरेको थियो ।

वडाको पत्र पछि बसेको गाउँसभाले ३५ दिन बढी कुनै सूचना बिना नै काममा नआएको भन्दै सेवावाट निस्कासित गर्ने निर्णय पारित गरेको थियो ।

शान्तिनगर गाउँपालिका-३ घर भएका नेकपा एमाले निकट मानिने वडाका प्राबिधिक केसी किन सम्पर्क बिहिन बनेका हुन ? त्यसको प्रमुख कारण उनको शैक्षिक योग्यतालाई मानिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन ३० गते दंगीशरण गाउँपालिकाको प्रशासन शाखालाई पत्रचार गर्दै प्राबिधिक केसीको शैक्षिक प्रमाणपत्र १५ दिन भित्र पेश गर्नु भन्ने ताकेता गरेको थियो । प्रशासन शाखाले प्राविधिक केसीलाई अख्तियारको पत्र जस्ताको त्यस्तै पत्राचार गरेको थियो । त्यसपछि केसी भदौ १५ गतेसम्म कार्यालय गए । तर, अख्तियारले तोकेको समय सीमा सकिएकै दिन मोवाइलको स्वीच अफ गरि भदौ १६ गते पछि कार्यालय आएनन् ।

प्राबिधिक हुनका लागि प्राबिधिक शिक्षा उत्तीर्ण गरेको हुनु पर्छ । सवओभरसियरले १५ महिने कोर्ष उत्तीर्ण गरेको हुनु पर्छ भने ओभरसियरका लागि ३ बर्षे सोही कोर्ष ।

राजनीतिक पहुँच र भनसुनका आधारमा साबिक जिल्ला बिकास समिति मार्फत करार सेवामा प्राबिधिक फाँटमा काम गर्दै आएको भएपनि उनी संग ती शैक्षिक योग्यताहरु नभएका कारण उनी सम्पर्क बिहिन बनेको हुन सक्ने आशंका गरिएको छ । प्राबिधिक रामबहादुर साबिक हेँकुली गाविस छँदापनि सोही पदमा कार्यरत रहँदै आएका थिए । उनी सम्पर्कविहीन हुनुको कारण शैक्षिक योग्यताको प्रमाणपत्र रहेको आशंका समेत गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्