नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध र ठगी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ, दुबै जेल चलान

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागुऔषध र ठगी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले जिल्लास्थित शिवराज नगरपालिका-९ का रन बहादुर बुढा मगर र यशोधरा गाउँपालिकाकी परमपति कुर्मीलाई पक्राउ गरेको हो।

वि.सं. २०८० पुस २५ गते लागुऔषध मुद्दामा जिल्ला अदालत कपिलवस्तुले ४ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेयता फरार रहेका रन बहादुरलाई लुकिछिपी बस्दै आएको अवस्थामा सुन्दरीडाँडाबाट प्रहरीले पक्राउ गरेको हो। 

त्यसैगरी, २०८० चैत २६ गते  जिल्ला अदालत कपिलवस्तुले ठगी मुद्दामा परमपतिलाई दोषी ठहर गर्दै ६ महिना जेल र ५ हजार जरिवानाको फैसला गरेको थियो । फैसला पश्चात् फरार रहेकी परमपतिलाई कपिलवस्तुमै लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

कपिलवस्तु प्रहरीले पक्राउ परेका दुबै जनालाई  सजाय भुक्तानका लागि कपिलवस्तु कारागार पठाएको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्