नेभिगेशन
अदालत

दुर्गा प्रसाईंलाई थप ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द गलत अफवाह फैलाएर साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर अनुमति दिएको छ । 

अदालतले प्रहरीलाई थप ५ दिन हिरासतमा राखेर प्रसाईंविरुद्द अनुसन्धान गर्न आज अनुमति  दिएको हो।

भक्तपुरको कमेरोटारस्थित आफ्नै निजी निवासबाट मंगलबार पक्राउ परेका प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध कीर्तेलगायत अन्य कसूरमा पनि अनुसन्धान हुने बताइएको छ ।

प्रसाईंमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए । साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । प्रसाईं  सो मुद्धामा १  लाख रुपैयाँ धरौटी बुझाएर ९ दिन प्रहरी हिरासतमा बसेर छुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्