नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित दैलेखबाट तीन युवक पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ।

जिल्लास्थित नारायण नगरपालिका-६ गणेश चोकमा रहेको बिक्रमराज थापाको घरको भुइँ तलामा ब्राउन सुगरको कारोबार हुँदै गरेको सूचना पाएर गएको दैलेख प्रहरीको टोलीले तीन जनालाई ३२० मिलिग्राम ब्राउन सुगरसहित मंगलबार पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार ब्राउन सुगरसहित पक्राउ पर्नेमा नारायण नगरपालिका- ६ बस्ने २१ वर्षीय शिवराज थापा, नारायण- १ नयाँ बजारका २२ वर्षीय प्रेम बहादुर बि.सी र नारायण- १ बसपार्कका १८ वर्षीय बिपिन मल्ल रहेका छन् ।

दैलेख प्रहरीले उनीहरुलाई बुधबार अदालतमा पेस गरेर अनुसन्धानका लागि म्याद थप गर्दै लागुऔषध ऐनमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्