नेभिगेशन
नेपाल प्रहरी

१ करोड ५० लाख चेक बाउन्स मुद्दाकी फरार महिला प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाको एक जना महिला फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याग्दीको बेनी नगरपालिका-९ स्थायी घर भएर हाल काठमाडौं बस्दै आएर फरार भएकी ३९ वर्षीया विष्णुमाया केसीलाई पक्राउ गरेको हो।

विष्णुमायाविरुद्ध लक्ष्मीकुमारी शर्माले १ करोड ५० लाख रुपैयाँको चेक बाउन्स गराएर मुद्दा दिएपछि अदालतको आदेशमा अपराध अनुसन्धान कार्यालयको टोलीले विष्णुमायालाई बौद्धबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी विष्णुमायालाई आबश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरी वृत्त बौद्ध पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्