नेभिगेशन
नेपाल प्रहरी

दैलेखमा हँसियाले हानेर भाइले गरे दाइको हत्या

दैलेख । दैलेखमा भाइले दाइको हत्या गरेका छन् । जिल्लास्थित दुल्लु नगरपाल्लिका-१३ मालिका खणिकाधाराका ४३ वर्षीय भाइ भुवनसिंह विकले ५६ वर्षीय दाइ कर्णबहादुर कामीको धारिलो हँसियाले हानेर हत्या गरेको दैलेख प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी दैलेखका अनुसार नाता पर्ने भाइ भुवनसिंहले दाइलाई बोक्सी लगाएको आरोप लगाउदै हत्या गरेका हुन् । दाइले आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै भुवनले बुधबार राति हँसियाले हानेर कर्णको हत्या गरेका थिए।

घटनास्थलमै दाइको मृत्यु भएपछि फरार भएका भुवनसिंहलाई दैलेख प्रहरी पक्राउ गर्न सफल भएको थियो।

मृतक कर्णको शवलाई जिल्ला अस्पताल दैलेखमा राखिएको छ भने पक्राउ परेका भुवनसँग घटनाका बारेमावथप अनुसन्धान  गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्