नेभिगेशन
नेपाली सेना

रथी सिग्देलको उमेर विवादबारे प्रभु साहले मागे रक्षामन्त्री र प्रधानसेनापतीसँग जवाफ

काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादमा आम जनता पार्टी (आजपा) अध्यक्ष तथा सांंसद प्रभु साहले रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन्।

आजको संंसद बैठकमा  बोल्दै साहले साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा रक्षामन्त्री उप्रेती र प्रधानसेनापति शर्माले जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको बताए । उनले रथीमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने समेत बताए ।

सांसद साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ ।’ दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्‍याउने जसले जुन ढंगले हर्कत गरेका छन् त्यो सकारात्मक नभएको उनले बताए ।

उनले यस विषयमा प्रधानसेनापतिले नैतिक जिम्मेवारी लिनुपर्ने समेत बताए । साहले भने, ‘माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन । प्रधानसेनापतिले सिग्देलको बारेमा संसदीय समितिको सुनुवाइमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन? यसरी विषयहरू आइरहनु सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’ 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्