नेभिगेशन
सुरक्षा अपडेट

आज मात्रै काठमाडौं र ललितपुरमा तीन वटा शव भेटिए

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थामा ३ वटा शव भेटिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं-१६ माछापोखरीको क्लासिकल होटेलमा एउटा शव परेको छ। 

आज उक्त होटेलमा नुवाकोटस्थित ककनी गाउँपालिका-६ का २८ वर्षीय भोला पाठक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

माछापोखरीकै मितेरी पुल नजिक आजै अर्का एक जना पुरुष पनि शव फेला परेको हो। अन्दाजी ५५-५६ वर्षका  मृतक पुरुषको अझै पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको च।

त्यसैगरी ललितपुरको नख्खु खोलामा पनि आजै अएको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

ललितपुर महानगरपालिका-२५ मा रहेको नख्खु खोलामा पहिचान खुल्न नसकेको अन्दाजी ४५-४६ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पहिचान नखुलेका मृतक पहिचान गर्न अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्