नेभिगेशन
नेपाल प्रहरी

सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दर्ता

गरुडा । सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडाध्यक्षसहित ४ जनामाथि  मुद्दा दर्ता भएको छ। विभिन्न बहानामा जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने रौतहटजो गढीमाई नगरपालिका-९ का वडाध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको छ ।

गरूडा नगरपालिका-३ मलाही बस्ने परिक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाही बस्ने श्रीराम सहनीको छोरा वर्ष १८ को राजु सहनीलाई मोटरसाइकलमा बसाई गत मंगलबार गरूडा बजारबाट घरतर्फ जाँदै गरेका थिए ।

सोही क्रममा  समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडा अध्यक्ष सहनीसहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी,  सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी  विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परिक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन्।

उक्त घटनामा संलग्न वडाध्यक्ष सहनी फरार भएको तथा अन्य तीन जना व्यक्तिहरुलाई सोही दिन पक्राउ गरिएको थियो । वडाध्यक्षसहित चारै जनामाथि अपमानजनक तथा अमानवीय व्यवहार कसूरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपककुमार रायले बताएका छन् ।

पक्राउ परेका तीनैजना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडाध्यक्ष सहनीको खोजी भइरहेको तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्