नेभिगेशन
नेपाल प्रहरी

विदेश पठाउने भन्दै ५ युवतीलाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा एक व्यक्ति पक्राउ

काठमाडौं । आफ्नै गाउँकै पाँच जना युवतीलाई विदेश पठाउने नाममा बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। 

 हेटौंडा उपमहानगरपालिका-१४  का ४४ वर्षीय राजु तामाङ उर्फ राजकुमार थिङ भनिनेलाई चितवन प्रहरीले नारायणगढ बसपार्कमा  पाँच युवतीलाई सुनौली जाने बसमा चढाउदै गरेको अवस्थामा पक्राउ गरेको हो।

राजकुमार थिङले गाउँकै पाँच युवतीको पासपोर्ट जम्मा गरेर भिसा लगाउन भारत पठाएको र उतैबाट विदेश पठाउने भनेर ललाइफकाई भारतमा बेच्न लैजान लागेको खबर पाए लगत्तै  चितवन प्रहरीको टोली बसपार्क पुगेको थियो।

प्रहरीले उद्दार गरेमा पाँच जना युवतीलाई सुरक्षित तरिकाले सेफ हाउसमा राखेको जनाएको छ।

बसपार्कबाट पक्राउ परेका राजकुमार थिङलाई चितवन  प्रहरीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको कसुरमा जिल्ला अदालत चितवनबाट ४ दिमको म्याद लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्