नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

सुरक्षा फौजको कारबाहीमा १० नक्सलबादी मारिए

काठमाडौँ । भारतीय सुरक्षा फौज र नक्सलबादीबीच भएको भिडन्तमा १० जना नक्सली मारिएका छन् । भिडन्त आज बिहान भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा भएको थियो ।

भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मिडियाहरुले उल्लेख जनाएका छन् । सुरक्षा फौजले घटनास्थलबाट ३ वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सुरक्षा फौजले धेरै नक्सलवादीहरू ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचना पाएर डीआरजीको टोली नक्सलवादीहरूलाई घेरा हाल्न निस्किएको थियो। दुवैतर्फबाट सयौं राउण्ड गोली हानाहान भएको बताइएको छ ।

यो भिडन्त कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदरको जंगल पहाडमा भएको थियो । सुरक्षा फौजले  उक्त क्षेत्रमा खोजी अभियान चलाएको थियो। खोजी अभियानका क्रममा नक्सलवादीहरूले सुरक्षा फौजमाथि समेत आक्रमण गरेका थिए । 

सुरक्षा फौजले पनि जवाफी कारबाही गरेको थियो । लामो समयसम्म दुवै पक्षबाट गोली हानाहान भएको थियो । यसअघि दक्षिण बस्तर, गरियाबन्द र कांकेरमा पनि सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको थियो। 

नोभेम्बर १६ मा छत्तीसगढको अबुझमद जंगलमा नक्सल र प्रहरीबीच भिडन्त भएको थियो । यस अवधिमा पाँच नक्सलवादी मारिएका थिए । जसमा सुरक्षा  फौजके ४० लाख रुपैयाँ पुरस्कार राखिएका नक्सलवादी मारिएका रिपोर्टमा सम्व्त उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्