नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका एआईजी गुरुङ र ढकालले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

आज एक प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपी बसन्त बहादुर कुँवरले एआईजीमा वढुवा भएका बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट एआईजीमा बढुवा भएका गुरुङलाई कार्य विभाग र ढकाललाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

 

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्